Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पाँचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्रब्यापी फुटबल प्रतियोगिता २०७९ शुरु

  • कैलाली दर्पण
  • आइतवार, अशोज ३०, २०७९
पाँचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्रब्यापी फुटबल प्रतियोगिता २०७९ शुरु

बाैनिया असोज ३०/कैलालीको बर्दगोरिया गाउँपालिकामा आइतबारदेखि पाँचौ बर्दगोरिया सेति लोकमार्ग खुल्ला राष्ट्रब्यापी फुटबल प्रतियोगिता सुरु भएको छ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुदै आयको फुटबल प्रतियोगिता को निरन्तरता स्वरूप प्रतियोगिता शुरु भएको हो। प्रतियोगिताको आइतबार गाउँ पालिका अध्यक्ष कर्ण बहादुर कुवर ,उपाध्यक्ष गणेश राज गिरिले उद्घाटन गरेका छ्न।

कार्यक्रममा प्रमुख अतिथी पालिकाका अध्यक्ष कर्ण कुवरले बर्दगोरिया गाउपालिकालाइ भ्रष्टाचार मुक्त गरि थोरै बजेट बाट धेरै बिकास निर्माणकार्य गरि नमूना गाउपालिका बनाउन आफू निरन्तर लागि रहेको बताउनु भएको छ। सेती लोक मार्ग को निर्माणकार्य पूरा नहुन्जेल सम्म सरकारलाई दबाब दिन बर्दगोरिया सेती लोक मार्ग पहिचान महोत्सव संचालनका निम्ति बर्दगोरिया गाउपालिका बजेट ब्यबस्थापन गर्ने र

आगामी बर्ष क्लबको भवन निर्माणकार्य र खेलकुदको बिकासका साथै कब्रडहल निर्माण गर्न पनि गाउपालिकाले बजेट बिनियोजित गरेको बताउनु भएको छ। कैलालीको बर्दगोरिया गाउपालिकामा असोज ३० गते देखि हुन गइरहेको बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको आज अध्यक्ष कुवरले उदघाटन गर्दै उक्त कुरा बताउनु भएको हो।

कार्यक्रम प्रतियोगिता लाई विभिन्न क्षेत्र बाट सहयोग गर्ने ,रवि कुवर ,प्रमोद मल्ल पुष्प भन्डारी लाई सम्मान गरीएको छ ।

कार्यक्रममा ,रास्टिय जनमोर्चाकि रुपा आले मगर ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमर बम ,कोपिला सामुदायिक वन उपभोक्ता समूह मोहन्याल १ बडिकाथाइका अध्यक्ष गणेश बुढामगर ,कैलाली उधोग बाणिज्य संघ का पुर्व उपाध्यक्ष शिव राज कुवरले शुभकामना मनतब्य राख्नु भएको हो ।

क्लबका अध्यक्ष जीवन बिसिको अध्यक्षमा भएको कार्यक्रम को संचालन क्लबका महासचिव कृष्ण प्रसाद ओझाले गरेका थिय। प्रतियोगितामा प्रथम हुनेले नगत २ लाख २५ हजार सहित ट्राफि, मेडल र प्रमाणपत्र साथै दोश्रो हुने टिमले नगत १ लाख १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ्न।

यस्तै गरि ब्यक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडीले नगत १५ हजार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क ,उत्कृष्ट गोल रक्षक,उदयिमय खेलाडी र सर्बाधिक गोल कर्ताले नगत १०/१० हजार प्राप्त गर्ने छन। स्थानीय मुडा खेल मैदानमा शुरु प्रतियोगितमा नेपाल आर्मी सहित १२ टिमको सहभागिता रहेको छ। प्रतियोगिता कार्तिक ६ गते सम्म चल्ने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट