बाैनिया असोज२६/कैलाली को बौनियामा दलित महिला संघ ( फेडो) कैलालीको आयोजना र फाउन्डेसन फर जस्ट सोसाइटी को सहयोगमा “समग्र बिकासको अवरोध ,जातीय तथा लैङ्गिक विभेद” । भन्ने मुलनारा सहित स्थानीय अगुवा महिला अभियन्ता हरुलाइ अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्र वारे संचालित ३ दिने तालीम बुधबार सम्पन्न भएको छ।
दलित महिला संघ कैलालीकि सदस्य रमा बादीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मिथुन गौतम ,कोसेली एफएम का प्रबन्धनिर्देशक लिलाराज शाही ,सहभागी लाल सिह बिक ,बसन्ती सुनार ,रेखा सुनारले मनतब्य राख्नु भएको हो।
तालिममा मानवअधिकार सम्बन्धि बिश्वब्यापी घोषणा पत्र ,सबै किसिमका जातीय भेदभाव गर्ने अन्तर्राष्ट्रिय महासन्धि ,नागरिक तथा राजनीतिक अधिकार , बाल बिबाह ,बहु बिबाह , सम्बन्धि ,आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि प्रशिक्षक अधिबक्ता गणेश बहादुर कडायतले तालिमको सहजीकरण गर्नु भएको थियो।
तालिममा बर्दगोरिया गाउपालिका २५ जना दलित अगुवा महिलाहरू सहभागीता रहेको थियो।असोज २४ देखि शुरु गरिएको तालिम असोज २६ गते समापन भएको छ ।कार्यक्रमको संचालन कार्यक्रम संयोजक बिनोद घिमिरेले गर्नु भएको थियो।