Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अगुवा महिलालाई ३ दिने तालिम सुरु

  • कैलाली दर्पण
  • सोमवार, अशोज २४, २०७९
अगुवा महिलालाई ३ दिने तालिम सुरु

बौनिया / कैलाली को बौनियामा सोमबार देखि दलित महिला संघ ( फेडो) कैलालीको आयोजना र फाउन्डेसन फर जस्ट सोसाइटी को सहयोगमा ” समग्र बिकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद” । भन्ने मुलनारा सहित स्थानीय अगुवा महिला अभियन्ता हरुलाइ अन्तर्राष्ट्रिय मानव अधिकारका सन्यन्त्र वारे ३ दिने तालीम सुरु गरिएको छ।                                                       

तालिममा मानवअधिकार सम्बन्धि बिश्वब्यापी घोषणा पत्र ,सबै किसिमका जातीय भेदभाव गर्ने अन्तर्राष्ट्रिय महासन्धि ,नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि ,आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि प्रशिक्षक अभिवक्ता गणेश बहादुर कडायतले तालिमको सहजीकरण गर्नु भएको थियो। तालिममा बर्दगोरिया गाउपालिका का २५ जना दलित अगुवा महिलाहरूको सहभागीता रहेको छ।

असोज २४ गते देखि शुरु गरिएको तालिम असोज २६ गते सम्म संचालन हुने भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट