Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बजार व्यवस्थापन समितीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, अशोज १५, २०७९
बजार व्यवस्थापन समितीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बौनिया /असोज १५ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा बिजया दशमि , शुभ दिपावली र छठ पर्बको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा गाउपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै गाउपालिका अध्यक्ष कर्ण कुँवरले अब चाडै बौनियामा ढल निकासको काम अगाडी बढ्ने बताए ।

साथै बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना सन्देश दिदै सबैले तडकभडक नगरी आफ्नो क्षमताले भ्याए सम्म मनाउन आग्रह गर्नु भयो । साथै सबैले साथ र सहयोग गरे बर्दगोरिया गाउपालिकालाई नमुना गाउपालिका बनाउन आफू तयार रहेको समेत बताए । साथै बिशिस्ट अतिथिको आसनबाट बोल्दै गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले बिजया दशमिको शुभकामना दिदै बजारमा ब्यवसाय गर्ने सम्पुर्ण व्यापारी वर्गहरुले पालिकामा दर्ता गर्न आग्रह गर्नु भयो । साथै चाडपर्वमा जुवातास नखेली सभ्य र शान्त बाताबरणम यो पर्व मनाउनु पर्ने गाउपालिका उपाध्यक्ष गिरिले बताए ।

बौनिया बजार व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष देव राज स्वार को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य , नेकपा एमालेका गाउकमिटी सचिव देबेन्द्र शाही,नेपाली काङ्ग्रेस बर्दगोरिया गाउकार्य सभापति कृष्ण बिष्ट ,नेकपा माओवादी केन्द्रका रुपक सुनार, राप्रपाका मित्र बहादुर घर्तीमगर, जनमोर्चा नेपालका रुपा आलेमगर, नागरिक उन्मुक्तिका दान बहादुर बम , नेपाल रेडक्रस दोदोधरा उपशाखा सभापति लक्ष्मी राज जोशी ,बसन्त मुरारी नमुना मा वि का प्राचार्य भुमी प्रकाश बम ,दोदोधरा अस्पताल प्रमुख कैलाश कुमार रावत लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन बौनिया बजार व्यवस्थापन समितिका महासचिव धिरज शाहिले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट