बौनिया असोज १५ / कैलालीको बर्दगोरिया गाउपालिकाको मुख्य बजार बौनियामा आज सनिवार बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । सफा सहर स्वच्छ गाउँ, सबै मिलि फोहोर हटाउ भन्ने मुल नाराका साथ दशैको पुर्व सन्ध्यामा बौनियामा सरसफाई गरिएको हो ।

बर्दगोरियामा रहेको सक्रिय जुनकीरी नेपालको आयोजना तथा बर्दगोरिया गाउपालिकाको कार्यालय ,वडा नम्बर १,२ को सहयोग ,सहयोगी बेलुवा युवा क्लब,बर्दगोरिया स्तरीय बाल संजाल लगाएत बौनिया बजार व्यवस्थापन समिती ईलाका प्रहरी कार्यालय बौनियाको समेत सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो । बौनिया बजारलाईसफा र सुन्दर राख्न सबैले आ आफ्नो पसल अगाडी सधै सरसफाई गर्नुपर्ने गाउपालिका अध्यक्ष कर्ण कुँवरले बताए । उनले भने फोहोरले बाताबरण संगै विभिन्न प्रकारका रोगहरु लाग्ने गर्दछ । त्यसैले यस्ता सरसफाईका कार्यक्रम मासिक रुपमा गर्न आवस्यक रहेको बताए ।

साथै जुनकीरी नेपालका अध्यक्ष सुनिल भण्डारीले समाजमा फ़ैलिने रोगहरु वातावरणीय सरसफाईको अभावले हुने हुदा जुनकीरी नेपालले प्रत्येक सनिवार सरसफाईको कार्यक्रमलाई अगाडी बढाउदै आएको छ । कार्यक्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेकपा एमाले बर्दगोरिया गाउकमिटी सचीव देबेन्द्र शाहिले खाजा र पानीका लागि नगद १ ह्जार सहयोग गरेका थिए
