Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

सडकपुर बौनिया युवा क्लबद्वरा दशै मिलन शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • बुधबार, अशोज १२, २०७९
सडकपुर बौनिया युवा क्लबद्वरा दशै मिलन शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

 बौनिया/ असोज १२ सडकपुर बौनिया युवा क्ल्वको आयोजनामा बुधबार कैलालीको बर्दगोरिया गाउँपालिकामा दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष जीवन विसिको अध्यक्षता भएकोमा कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए भने विशिष्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कर्ण बहादुर कुँवरले यस सडकपुर युवा क्लबको स्तर उन्नतिका लागि बर्दगोरिया गाउँपालिका पुर्ण रुपमा सहयोग गर्ने बताए । उनले युवा क्लबले बौनिया बजार मात्र नभई सम्पुर्ण पालिकाका युवाहरूलाई समेट्नु पर्ने बताए । उनले पालिकाका थुप्रै युवाहरु लागू औषध दुर्व्यसैनिमा दिनको दिन फस्दै गएको बताउदै पालिकाका सबै युवाहरुलाई सहि बाटोमा ल्याउन युवा क्लबले एक अभिभावकको भुमिका खेल्नुपर्ने बताए । पालिका अध्यक्ष कुवरले सडकपुर बौनिया युवा क्लबले पहिले देखि नै यस गाउँपालिकालाई चिनाउन विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले युवा भनेको देशको मेरुदण्ड भएको बताए । अहिले यो समयमा युवाहरु जागरुप हुन जरुरी रहेको बताए । क्लबले विभिन्न समयमा समसामयिक कार्यक्रम गर्दै आएको बताउदै क्लबले समाजमा एउटा आफ्नो छुट्टै भुमिका खेली लागुऔषध सेवनबाट यश क्षेत्रलाई मुक्त बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि.कले सडकपुर बौनिया युवा क्लबले यस गाउँपालिकाको मुटुको रुपमा काम गरेको बताए ।

यस क्लबलाई आउदा दिनहरुमा आफुले आफ्नो व्यक्तिगत तथा वडा नम्बर २ को तर्फ बाट हुने सम्पुर्ण सहयोग गर्ने बताए । क्लबका उपाध्यक्ष धिरज शाहीको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रममा रानिजरुवा सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष लाल सिह बि.क, रेडक्रस सोसाइटी उपशाखा दोदोघरा सभापति लक्ष्मी प्रसाद जैशी, सडकपुर बौनिया युवा क्लबका पुर्व अध्यक्ष देवराज स्वार, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी उपसचिव मिलन ओलि, नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कमिटी सभापति कृष्ण बिष्ट, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन क्लबका महासचिव कृष्ण प्रसाद ओझाले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट