बौनिया असोज ६ / नेकपा एमाले निकट नेपाल बुद्धिजिवि परिषदको बर्दगोरिया गाउपालिका स्तरीय भेला बुधबार बौनियामा सम्पन्न भएको छ । बर्दगोरिया गाउकमिटी अध्यक्ष मधुकर सिजापती मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी सचीव डेजि पाण्डे रहनु भएको थियो ।

नेकपा एमाले बर्दगोरिया गाउकमिटी उप सचिव मिलन ओलिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनक जिल्ला उपाध्यक्ष प्रभु नाथ जैशी,नेपाल बुद्धिजीवी परिषदक जिल्ला सचिव एकेन्द्र भण्डारी ,लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल बुद्धिजीवी परिषदको प्रथम भेलाले नवराज टमट्टा को अध्यक्षतामा ११ सदस्यीय चयन गरेको छ ।

जसको उपाध्यक्षमा हेमराज स्वार, सचीवमा बाल चन्द्र कठरिया ,कोषाध्यक्ष लक्ष्मी बिनाडी,सह सचीवमा खेम राज बोहरा रहेका छन । यसै गरि सदस्यहरुमा डम्बर बुढा, मदन ढुङ्गाना, चक्रमणी सापकोटा ,सुरेश टमट्टा रहेका छन भने वडा नम्बर ४ र ६ बाट एक एक सदस्य चयन कार्यक्रममा जानकारी गराईएको छ । 
असोज ११ गतेहुने नेपाल बुद्धिजिबि परिशद सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनका लागि प्रतिनिधिमा प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग सदस्य लिलाराज शाहीलाई पठाउने बैठकद्वारा निर्णय गरेको छ।
कार्यक्रमको संचालन पत्रकार लिलाराज शाहीले गर्नु भएको थियो ।