बौनिया भाद्र ३०/ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टामा अबस्थित श्री रास्टिय माध्यमिक बिद्यालयले बिधालय ,स्थापना तथा स्वीकृत भएको ५० औ बर्षगाठको उपलक्ष्यमा वालदिवसको अवसर पारेर स्वर्ण महोत्सव एक भब्य समारोह बिच २७,२८र २९ गते ३ दिन सम्म मनाएको छ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष एकेन्द्र बिष्टको सभापतित्वमा भएको कार्यक्रमलाई प्रमुख अतिथी कैलाली क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य झपट रावलले बिधिवत रूपमा उदघाटन गर्नु भएको थियो।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव २०७९ मुल आयोजक समितिका संयोजक नवराज खनालको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य झपट रावल ,बिशिस्ट अतिथी प्रदेश सभा सदस्य रतन थापा, ,बिशिस्ट अतिथी गाउपालिका अध्यक्ष देविदत्त उपाध्याय ,नेकपा एमालेका खर प्रशाद अधिकारी ,नेपाली काङ्ग्रेसकि बिष्णु देवि बडुवाल ,नेकपा माओवादी केन्द्रका कृष्ण कुमार बोहरा ,नागरिक उन्न्मुक्ती पार्टीका अरुण कुमार चौधरी ,पुर्व वडा अध्यक्ष टिकाराम भण्डारी ,पुर्व प्राधानाध्यापक धर्मराज शर्मा, नेकपा एकीकृत समाजबादिका भुमी नन्द जैसी र कलाकार प्रकाश शाह लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।

कार्यक्रममा बिधालयको स्थापनाकाल देखि उच्च माबी र वाली बिज्ञान कक्षा संचालन सम्म विभिन्न क्षेत्र बाट बिधालय र समाज परिवर्तनका निम्ति योगदान गर्नु हुने ब्यक्ती हरुलाइ सम्मान समेत गरेको छ।सम्मानित हुने हरुमा बिद्यालय सस्थापक अध्यक्ष ,पुर्व गाउपालिका अध्यक्ष स्वर्गीय नवल सिह रावल ,पुर्व अध्यक्ष देव बहादुर बिस्ट, पुर्व अध्यक्ष गोरख बहादुर रावल , पुर्व प्र. अ हर्कबहादुर बिक शिवध्वज शाही ,भिम बहादुर शाही ,गजेन्द्र बिस्ट ,चक्रबहादुर हमाल ,गौरी देवि कसै,लाल बहादुर भण्डारी ,कमल रावल ,कृष्ण कुमार बोहरा रहेका छन् ।


यस्तै पुर्व प्राधानाध्यापक हरुमा सस्थापक प्र. अ स्वर्गीय तेजबहादुर सिजाली मगर ,मोहन थापा,धन बहादुर राजी ,जीव बहादुर रावल ,धर्मराज शर्मा लगायत रहेका छन् । संचार क्षेत्र बाट कोसेली एफ.एमका प्रबन्धनिर्देशक लिलाजङ्ग शाही ,खेलकुद क्षेत्र बाट कृष्ण बिस्ट ,स्वास्थ क्षेत्र बाट जयनन्द जैसी,डिल्ली प्रशाद देवकोटा ,धर्म सिह बटाला ,कमल रावल ,शिक्षक अभिभावक संघ का पुर्व अध्यक्ष मन बहादुर शाही र टिकाराम भण्डारी रहेका छन् ।भने सम्मानित हुनेमा पुर्व पुर्व अध्यक्ष गोरख बहादुर रावल र पुर्व प्र .अ हर्कबहादुर बिक, शिक्षक , एसईई र कक्षा १२ र वाली बिज्ञान मा प्रथम श्रेणीमा उतिर्ण विद्यार्थी रहेका छन ।

प्राधानाध्यापक कृष्ण प्रशाद जैसीले बिधालयको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा महिला पुरुषका अलगअलग डेउडा खेल ,पन्चेबाजाको झाकी प्रदर्शन ,सास्कृतिक कार्यक्रम ,डेउडा कलाकार प्रकाश शाह र धनसरा साउद बिच डेउडा प्रतियोगिता समेत भएको थियो
कार्यक्रमको संचालन शिक्षक टिकाराम जैसीले गरेका थिए २०२७ सालमा स्थापना र २०२९ सालमा मान्यता प्राप्त गरेको रास्टिय माध्यमिक बिध्यालय सोल्टा हाल मोहन्याल गाउपालिकाकै अग्रणि शैक्षिक सस्थाको रूपमा स्थापित हुन सफल रहेको छ।