Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी ग्रामीण विद्युतको अध्यक्षमा न्युरे

  • कैलाली दर्पण
  • आइतवार, भदौ २६, २०७९
घोडाघोडी ग्रामीण विद्युतको अध्यक्षमा न्युरे

बौनिया भाद्र२६/ कैलालीको   घोडाघोडीमा रहेको घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाको अध्यक्षमा सरोज न्युरे सर्वसम्मत चएन भएका छन् । संस्थाको ८ औँ साधारण सभा बाट नयाँ कार्य समिति सर्वसम्मत रुपमा चएन भएको छ । समितिको उपाध्यक्षमा निर्मला कुमारी चौधरी, सचिवमा मेघ बहादुर साउँद, सहसचिवमा पार्वती नेपाली र कोषाध्यक्षमा हर्क बहादुर बुढा रहेका छन् ।

त्यसै गरी सदस्यमा क्रमशः जगत राम कठरीया, जय बहादुर बम, वीर बहादुर खाती, भीखराम डगौँरा र मङ्गल प्रसाद चौधरी सर्वसम्मत रुपमा चएन भएको निर्वाचन समितिका संयोजक पूर्णराज जोशीले बताए । लेखा सुपरिवेक्षण समितिको संयोजकमा झपट प्रसाद भण्डारी, सदस्यमा भीम बहादुर खाती र सिताराम चौधरी रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा सहकारी संस्थाको ८ औँ साधारण सभा शनिवार सम्पन्न भएको थियो । ग्रामीण स्तरमा विद्युत् आपूर्ति गरी उज्यालो नगरपालिकाका रुपमा विकास गर्ने उद्देश्यले वि. स २०६६ सालमा सहकारी संस्थाको स्थापना भएको थियो । संस्थाले घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिका भित्रका केही वडामा विद्युत् बालेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट