Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहा ६,मा पृत्यऔंसि मंच उद्घाटन

  • कैलाली दर्पण
  • बिहिबार, भदौ २३, २०७९
लम्किचुहा ६,मा पृत्यऔंसि मंच उद्घाटन

 बाैनिया भाद्र २३/
कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ भवानीपुरमा  पृत्यआेैंसि  तथा सार्वजनिक मंचको उदघाटन गरिएको छ।

बिहिवार लम्किचुहा नगरपालिका वडा नम्बर ६ ले आ. व ०७८/०७९ को ११ लाख बिनियोजित बजेट बाट निर्माण गरिको उक्त मंचको एक कार्यक्रमको बिच लम्किचुहा ६ वडा अध्यक्ष लोकेन्द्र कठायतले बिधिवत रूपमा उदघाटन गर्नु भएको हो।

उद्घाटन गर्दै अध्यक्ष कठायतले उक्त क्षेत्र आगामी बर्ष शौचालय ,भवन निर्माण र पर्खाल निर्माणका लागि आबश्यक बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उक्त क्षेत्र बिगत ४ बर्ष देखि पन्चकोशी सास्कृतिक परिवार लम्किचुहा ६ बागमाराले पृत्य र्औसीको अवसरमा बृहत डेउडा प्रतियोगिता ,मारुनु नाच ,मुङ्रा ,कठरिया नाच लगायत सास्कृतिक कार्यक्रम गर्दै आएको छ।                                                                 

२०७९ साल असोज १ गते देखि गाइजात्रा,होलि पर्व ,पन्चमीको मेला समेत लगाउने निर्णय गरेको सचिव टिकाराम जैसीले बताए ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिराम जैसीको सभापतित्व भएको कार्यक्रम समाजसेवी खन्टे खत्री,देउराली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ललितकामी ,पन्चकोसी सास्कृतिक परिवारका अध्यक्ष मनिराम जैसी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन पत्रकार लिलाजङ्ग शाहिले गर्नु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट