Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल १ चायाभावरमा कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना सम्बन्धी बैठक सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, भदौ २१, २०७९
मोहन्याल १ चायाभावरमा कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना सम्बन्धी बैठक सम्पन्न

बौनिया  भदौ २१/ मोहन्याल गाउपालिका वार्ड नम्बर १ चयाभाबारमा USAID कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना तयारिका लागी वडा स्तरीय समन्वय बैठक संपन्न भएको छ ।

मोहन्याल गाउपालिका वडा नम्बर १ को आयोजना र USAID को सहयोगमा उक्त समन्वय बैठक भएको हो । कर्णली जल परियोजना जलउपयोग गुरुयोजनाले मोहन्याल गाउपालिका वडा नम्बर १ मा खानेपानी र सिचाइका क्षेत्रमा काम गर्ने छ । कर्णली जल परियोजना जलउपायोग गुरुयोजनाले एक घर एक धारा को रुपमा योजना अघि बढाउने वडा नम्बर १ का अध्यक्ष पिरम बुढाले बताए ।

USAID कर्णली जल परियोजना जलउपयोग गुरुयोजनाको सहयोगमा मोहन्याल गाउपालिका वडा नम्बर १ का प्रत्येक नागरिकले स्वच्छ खानेपानी पाउनुका साथै सिचाईको पनि सुबिधा पाउने वडा अध्यक्ष बुढाले बताए । वडा अध्यक्ष पिरम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य, सामुदायिक बनका पदाधिकारी र स्थानियको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट