Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रदेश सभा निर्वाचनका लागि कैलाली २, (क) र (ख) बाट आकांक्षिको संख्या बढ्यो

  • कैलाली दर्पण
  • आइतवार, भदौ १९, २०७९
प्रदेश सभा निर्वाचनका लागि कैलाली २, (क) र (ख) बाट आकांक्षिको संख्या बढ्यो

बौनिया  भाद्र १९ / आगामी मंसिर ४ गते हुने संघकी र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष तर्फ ८ जनाले दावी गरेका छन ।

निर्वाचन लाई लक्षित गरेर आइतबार बाैनिया भएको प्रदेश निर्वाचन क्षेत्र नम्बर २( ख) निर्वाचन क्षेत्र समन्वय समितिको बैठक मा उनी हरुले दावी गरेका हुन ।

प्रदेश तर्फ दावी गर्नेमा भिम बहादुर कुँवर ,नर बहादुर खड्का ,डेजी पान्डे ,मधुकर सिजापती मगर ,मनोज बहादुर थ्यायत (खड्का ) दल बहादुर थापा, द्वारीका प्रशाद धमाला, हन्सकला रेग्मी भन्डारी  कमल प्रसाद  खनालले दावि गरेका छन ।

समानुपातिक  तर्फ साबित्रा सापकोटा ,तुलसी काफ्ले ,पदमपुरा साउद बम ,सीता जैसी,टेकबहादुर खडका,कमला खड्का कुँवर ,मान बहादुर चौधरी ,खिन्तु देवि बोहरा रहेकाे जिल्ला कमिटी सदस्य गजेन्द्र स्वारले जानकारी दिनु भएको छ।

यस्तै कैलाली क्षेत्र नम्बर २ (क) बाट नेकपा एमाले बाट प्रदेश सभा प्रत्यक्ष तर्फ दल बहादुर बिस्ट,दल बहादुर रावल ,धनन्जय न्याेैपाने ,ममता रावल ,खर प्रशाद अधिकारी ,बिरेन्द्र रावल, राम बहादुर बोगटी, पदम चाेैलागाई ,पबित्रा तिमिल्सिना   ,रुप बहादुर रावल  लगायत ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

१ महिला सहित २ पुरुषको नाम सिफारिस गर्न केन्द्रीय कमिटीले निर्देशन गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट