Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली क्षेत्र नम्बर २ (ख) मा शाहीको दावी

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ १७, २०७९
कैलाली क्षेत्र नम्बर २ (ख) मा शाहीको दावी

बौनिया भाद्र १७/
नेपाली कांग्रेसका युवा नेता तथा निजी क्षेत्र बाट संचालित क्रिकेट एकेडेमी हरूकाे छाता संगठन निजी क्रिकेट एकेडेमी संघ नेपालका अध्यक्ष धापासी जेसीजका पुर्व अध्यक्ष प्रभाव साली युवा नेता भरतकुमार शाही लाई आउँदो मंसिर चार गते हुन लागेको आम निर्वाचनमा कैलाली क्षेत्र नं. २ प्रदेश क्षेत्र “ख” बाट प्रदेश सभा सदस्यकाे उम्मेदवारमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ ले सिफारिस गरेकाे छ ।

लामाे समय राजनीतिमा सक्रिय उनी युवाहरुका माझमा लोकप्रिय छन् । राजनीतिसँगसँगै सामाजित्र क्षेत्रमा क्रियाशील शाहीले आफूले टिकट पाएमा जीत निकाल्न सकिने दावी गर्छन् ।

केन्द्रमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने शाहीले गठबन्धन हुँदा आफूले चुनाव लड्ने क्षेत्र माओवादीले छोड्नु पर्ने तर्क गर्छन् ।

अहिले कैलाली मा फेरि पहिचानका नाममा जातीयता र क्षेत्रियता नारा लगाउदै समाजलाई भड्काउने प्रयास भैरहेका बेला आफूलाई सबैकाे साझा उम्मेदवार का रूपमा सबैले स्वीकार्ने बताउँदै टिकट दिएमा समग्र युवा तथा आम जनताको भावना अनुसार काम गर्ने भएकाले मतदाताले आफूलाई अत्याधिक मतले जिताउने उनको विश्वास रहेको छ ।

२० बर्ष अगाडि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघकाे केन्दिय सदस्य रहेका बेला लाेकतन्त्र प्राप्तिको आन्दोलन मा पटक पटक जेल परेका शाही लाई पटक पटक माओवादीले पनि निशाना बनाएको थियो ।

माओवादी द्वन्द्वका बेला विस्थापित भएका उनी तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यलय बानेश्वरमा रहेका उनी बसेको कुर्सीमुनि टाइम बम राखिएको थियो । त्यतिबेला पनि जोगिएका उनको परिवारका चार जना सदस्य भने नेपाली कांग्रेस भएकै कारण गुमाउन पुगेका छन् ।

उक्त क्षेत्र बाट कांग्रेसले उनी सहित १० जनाकाे सिफारिस गरेको क्षेत्रीय कार्यसमितिले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट