Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीको बल्चौरका १ सय २४ भूमिहीन बादी परिवारलाई लालपूर्जा वितरण

  • कैलाली दर्पण
  • मङ्लबार, भदौ ७, २०७९
कैलालीको बल्चौरका १ सय २४ भूमिहीन बादी परिवारलाई लालपूर्जा वितरण
बौनिया भाद्र ७/कैलालीमा बादी समुदायका परिवारलाई स्थानीय तहले लालपुर्जा वितरण गर्न थालेका छन्। जिल्लाको लम्कीचुहा
 नगरपालिका वडा नम्बर ३ बल्चौरमा बस्दै आएको १५ बर्ष पछी भुमिहिन बादी समुुदायका १ सय २४ जनाले आज जग्गाधनी पुर्जा पाएका हुन ।
बर्षे देखि घुमन्ते फिरन्ते जिवन जिउदै गाउँमा नाज्दै गाउँदै जिविको पार्जन गरी रहेका बादीहरुले लालजुर्जा पाएपछी आफुहरुमा खुसिको सिमा नरहेको अर्को बादी अगुवा रमा बादीले बताउनु भयो । बर्षौ देखि हक, अधिकार, स्वधीनता र असतित्व सहितको भुमि प्रतिको हकको लागि लडाई लड्दै आएकोमा लामो समय पछि आज लडाईले सार्थकता पाएको बल्चौका बादी समुदायका पार्बति बादीको भनाई छ ।
आफ्नो हक र अधिकारको लागि २०६४ सालमा काठमाण्डौ सिहदरबार अगाडी नाङ्गै प्रर्दशनको नेतृत्व गरेकी बादी अगुुवा सुदुरपश्चिम प्रदेश सांसद उमा बादीले आज आफुहरुको आत्मसमानको जित भएको भन्दै खुसि ब्यक्त गर्नु भयो । बर्षे देखि दासत्व जिवन बिताउदै आएका बादी समुदायको हक र अधिाकारका लागि गरीएको आन्दोलनमा साथ र सहयोग गर्ने सबैप्रति उहाँले धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले आफुले नगर प्रमुखको सपथ लिएकोे ९३ दिन मै वडा नम्बर ३ को बल्चौरका भुमिहिन बादी समुदायलाई लालपुर्जा बाडेको बताउनुभयो । आफ्नो कार्यकालय भित्रै नगरलाई भुमिहिन, सुकुम्बासी र अब्यवस्थीत बसोबासि मुक्त पालिका बनाउने घोषणा समेत गर्नु भएको छ । उहाँले आफुले निर्बाचनमा जनता माँझ गरेका प्रतिबद्धता र पार्टिको घोषणा पत्र अनुसार नै नगरबासिको विकासका लागि लागि रहने बताउनु भयो ।
 भूमि आयोगका कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले लम्किचुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको जनाएका छन्। उनले कैलालीका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भैरहेको र आयोगमा कैलालीका सवा लाख व्यक्तिका निवेदन परेको जानकारी दिए।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादीका नेताहरुले समेत शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिकाका उप प्रमुख जुना चौधरीले लम्कीचुहा नगरपालिकामा महादेब बजगाईको पालामा तिब्रगतिमा भुमि सम्बन्धी काम भएकाले अहिलेको नेतृत्वले समयमै लालपुर्जा बाड्न सकेको बताउनु भयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष लबबहादुर शाहले बल्चौरको बादी बस्तीलाई लालपुर्जा वितरण सकिए पछि गोरांगे, चिसापानी र ब्यवस्थीत नगरमा लालपुर्जा वितरण गरीने बताउनु भयो । लम्कीचुहा नगरपालिकामा नापनक्साको कार्य तिब्रगतिमा भई अब लालपुर्जा वितरण कार्य भईरहेको बताउदै भुमि आयोग लम्कीचुहाका संयोजक विरेन्द्र शाहीले बिस्तारै अन्य बडामा समेत लालपुर्जा वितरण गरीने बताउनु भयो ।
करीब १ सय ७७ घरधुरी रहको बल्चौर बादी बस्तीमा ४७ जना बादीले अझैं लालपुर्जा पाउन बाँकी रहेका बादी समुदायको भनाइछ । जग्गा धनी पुर्जा पाउन बाँकी रहेकालाई समेत लालपुर्जाको ब्यवस्थाका साथै आफुहरुको जिविको पार्जनका लागि रोजगारीको ब्यवस्था लागि सरकार संग माग समेत गरेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट