Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गाउँपालिका अध्यक्ष कुँवरले गरे नदि कटान क्षेत्रको स्थलगत अवलोकन

  • कैलाली दर्पण
  • मङ्लबार, साउन २४, २०७९
गाउँपालिका अध्यक्ष कुँवरले गरे नदि कटान क्षेत्रको स्थलगत अवलोकन

साउन २४ , बौनिया
बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवरले पालिकाका वडा नम्बर २ र ३ को नदि कटान क्षेत्रको अनुगमन गर्नु भएको छ । अनुगमन गर्दै बर्षातको समयमा हुने नदि कटानका कारण बस्ती र जमिन जोखिममा पर्न सक्ने भन्दै तत्कालका लागि धार परिवर्तन गरिने अध्यक्ष कुँवरले बताए ।                                                   
नदि कटानबाट परेको समस्यालाई ध्यानमा राखी जोखिम न्यूनीकरण गर्न तत्काल वडा नम्बर २ र ३ का नदिमा धार परिवर्तन गर्ने र पछि तटबन्धनको प्रक्रिया अघि बढाईने बताए ।
मंगलबार अध्यक्ष कुँवर सहित वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क , वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,शसस्त्र प्रहरी बेश क्याम बौनियाका प्रहरी उपरीक्षक गजेन्द्र चन्द, ईलाका प्रहरी कार्यालय बौनिया असई गौरी रावल र देबेन्द्र शाही लगाएतको टोलिले वडा नम्बर २ को कुम्भिया खेल मैदान नजिक पथरैया नदि, वडा नम्बर ३ को रानिकुण्डा ,जडैइ ठाडा र बुटकौवाको काडा,कुईरा नदिले कटान गरेको क्षेत्रको स्थलगत अवलोकन गरि धार परिवर्तन गर्न वडा अध्यक्षलाई निर्देशन दिनु भएको छ ।     

सो क्रममा पालिका अध्यक्ष कुवरले तत्काल तटबन्ध निर्माणका लागि ठूलो रकम लाग्ने र पालिका संग बजेट नहुदा समस्या पर्ने भएकाले तत्कालका लागि जोखिम टार्न यी नदीबाट जोखिममा परेका मानव बस्ती र जमिन जोगाउन नदीको धार परिवर्तनको विकल्प नभएको बताए । उनले भने – सबैभन्दा ठूलो कुरा बस्ती जोगाउनु हो, त्यसैले वर्षातको समयलाई ध्यानमा राखी जोखिम टार्न नदीक धार केही दिनमै परिवर्तनको काम सुरु हुनेछ ,र तटबन्ध निर्माणका लागि आवश्यक पहल समेत थालिसकिएको छ ।
नदीको कटान बर्दगोरियाको एक ठूलो समस्या हो, पालिका अध्यक्ष कुँवरले भने यसबाट हुने क्षति रोक्न र बस्ती जोगाउन अहिलेको लागि यी नदीमा धार परिवर्तन आवश्यक छ । नदी कटानका कारण यहाँका वस्तीबाट सयौं घर धुरी बर्सेनि विस्थापित हुनुपर्ने स्थिति छ ।

सम्बन्धित समाचार
ताजा अपडेट