Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा किशोरी सशक्तीकरण परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • सोमवार, साउन २३, २०७९
बर्दगोरियामा किशोरी  सशक्तीकरण  परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

बाैनिया/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बाैनियामा किशोरी सशक्तीकरण परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । द्लित महिला अधिकार मंच धनगढीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मंचको अध्यक्ष साबित्रा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथी गाउपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा वडा नम्बर ३का अध्यक्ष मनरिशी आचार्य र वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहनु भएको थियो ।             

कार्यक्रममा किशोरी हरुका समस्याका बारेमा सबैले ध्यान दिनु पर्ने र बाल बिबाहा,बाल श्रम शोषणको अन्त्य गर्नु पर्ने कुरामा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले बालबालिका भोलिका कर्णधार भएका कारण बालबिबाह,बाल श्रम को अन्त्यका लागि आफू गम्भीर भएको बताउनु भयो ।

कार्यक्रममा किशोरी परियोजना अन्तरगत वडा नम्बर ४ कि संयोजक कन्चन सुनारले बालबालिकालाई घर परिवारले बोझका रुपमा लिने प्रवृत्ति ,उनिहरुको ईच्छा बिपरित काम गराउनुको कारण पनि बालबालिका बढी समस्यामा परेको बताईन । साथै उनले गाउपालिकाबाट आफुहरुलाई हुने सहयोग समेत पाईरहेको समेत जानकारी गराईन ।

कार्यक्रमको बारेमा किशोरी शसक्तिकरण परियोजना संयोजक बिमला कडायतले जानकारी गराउनु भएको थियो । कार्यक्रमको संचालन सामाजिक परिचालक शुसिला सुनारले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट