बौनिया कैलाली/ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिकाको शव फेला परेको छ । शुक्रबार पालिकाको वडा नम्बर १ चायाभावर वस्ने सन्तोश गोल्नी मगर को ७ वर्षिया छोरी तिल्सरी गोल्नी मगरको शव खोलामा मृत अवस्था फेला परेको हो ।
आफन्तका अनुसार बिहिवार करिव दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुना गोल्मी मगर सँग निस्के कि तिल्सरी को शुक्रबार बिहान बरपानी खोलामा शव फेला भेटिएको छ ।

उनका बुवा सन्तोष जोल्मी मगर नि.मा.बी. को लाइसेन्स परिक्षाको लागि धनगढी बस्दै आएका छन भने आमा पन्चकला जोल्नी मगर पनि रोजगारको लागि भारतको सिम्ला गएकी छन ।
उनी हाल सौतेनी आमा को साथमा बस्दै आएकी थिईन । घटनाको बारेमा थप विवरणमा आउन भने बाकी छ ।