Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर सहितको टोलिले बिहीवार विभिन्न मन्त्रालयमा बुझायो ज्ञापनपत्र

  • कैलाली दर्पण
  • बिहिबार, साउन १२, २०७९
बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर सहितको टोलिले बिहीवार विभिन्न मन्त्रालयमा बुझायो ज्ञापनपत्र

साउन १२ , बौनिया /  कैलालीको बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर र कैलाली क्षेत्र नम्बर २ का माननीय झपट बहादुर रावल सहितको टोलिले बिहीवार विभिन्न तिन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।

बिहीवार कैलाली क्षेत्र नम्बर २ का माननीय झपट रावल ,बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवर सहितको टोलिले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खानेपानी मन्त्रालय र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर मन्त्री लाई ज्ञापन पत्र बुझाएका हुन ।

बुधबार गाउपालिका अध्यक्ष सहितको टोलिले बर्दगोरिया गाउपालिकामा निर्माणाधिन १५ सैया अस्पतालमा एम्बुलेन्स र आबश्यक स्वास्थ्य सामग्री को माग राख्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाईको थियो । गाउपालिका अध्यक्ष कुँवरको टोलिले गाउपालिकामा निर्माणाधीन बिकास निर्माणका विभिन्न भवन संगै बौनिया बजारमा ढल निकासको कामलाई प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने माग राख्न राखेर टोलि आज विभिन्न मन्त्रालय पुगेको हो ।

साथै टोलिले सेतिलोक मार्गको कामलाई तिब्रता दिनु पर्ने, पर्यटकीय धाममा तत्काल बजेट बिनियोजन गरि काम अघि बढ्नु पर्ने र रोकिएका झुलुङ्गे पुलको काम अगाडी बढाउनु पर्ने माग राखेको छ । साथै टोलिलाई मन्त्रीहरुले बिकासका काममा कुनै बाधा अडचन नआउने गरि बर्दगोरियामा बिकास हुने आश्वासन दिएका छन । साथै कर्णाली सोल्टा सडक खण्डको काम तत्काल अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरेको टोलिमा रहेका एक सदस्यले जानकारी दिए । यसका साथै बर्दगोरिया गाउपालिकाको दोस्रो मुख्य बजार मुडा बजार बाट बछुरिया जोड्ने सडकको समेत काम अघि बढ्ने जानकारी प्राप्त भएको छ ।

 

बिहीवार स्वास्थ्य मन्त्रालयमा गाउपालिकाले ज्ञापन पत्र बुझाए लगत्तै आज बुधबार गाउपालिकाको टोलिलाई स्वास्थ्य बिभाग बाट ई सिजी मेसिन एक थान, दुई थान अक्सिजन सिलिन्डर, दुई थान अक्सिजन रेगुलेटर, २ थान पल्स अक्सिमिटर, एक थान अक्सिजन सिलिन्डर कि, दुई थान डिजिटल बिपी सेट र हजार थान मास्क उपलब्ध गराएको छ । अस्पताल सञ्चालनका लागी अत्यावश्यक पर्ने माइक्रो स्कोप, एक्स-रे मेसिन र भिडियो एक्स-रे मेसिन भने केही महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता समेत विभागले गरेको छ ।

सामान्य उपचारका लागी बाहिर जानु पर्ने स्थानीयको बाध्यता हटाउन नवनिर्वाचित जनप्रतिनिधिहरु तदारुकताका साथ लागी परेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट