Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्थानीय तहमा बन्ने अस्पतालमा दरबन्दी यथावत लागु गरिनुपर्ने डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुप प्रदेशको माग

  • कैलाली दर्पण
  • बुधबार, साउन ११, २०७९
स्थानीय तहमा बन्ने अस्पतालमा दरबन्दी यथावत लागु गरिनुपर्ने डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुप प्रदेशको माग

बाैनिया / नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुदुरपश्चिम प्रदेश समितिले प्रदेश सरकारका सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बिभिन्न माग राख्दैँ समितीले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । समितीका अध्यक्ष, महासचिव लगायतले ३ बुदे माग राख्दैँ प्रदेश सरकारका समाजिक विकास मन्त्री माननिय गोविन्द राज बोहरालाई ज्ञापन पत्र बुझाईएको केन्द्रिय सदस्य केशव शाहिले बताए ।

ज्ञापन पत्रमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट कायम भएको ५,१०,१५ वेडको अस्पतालमा दरबन्दी यथावत लागु गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशमा अवैधानिक रुपमा संचालन गरिएका डेन्टल क्लिनिक अनुगमन गर्नुपर्ने र हरेक जिल्ला स्वास्थ्य कार्यलयमा छुट्र्याएको डेन्टल सम्बन्धी बजेटलाइ सही सदुपयोग गरिनुपर्ने माग उल्लेख गरिएका छन् ।

केन्द्रिय सदस्य केशव बहादुर शाही सहित प्रदेश अध्यक्ष दिपेन्द्र शाहिले मन्त्रीलाई माग पत्र बुझाएका हुन । साथै प्रदेशका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट