Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी ८,मा बाघको आक्रमणबाट एक महिला घाइते

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ २३, २०७९
घोडाघोडी ८,मा बाघको आक्रमणबाट एक महिला घाइते
बाैनिया/कैलालीको घोडाघोडी नगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन् । उनलाई मुख, हात र टाउकोमा बाघले आक्रमण गरेको छ ।                             
सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका डिएसपी लक्ष्मण बहादुर शाहीले बताए । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ घाइते भएको बताइएको छ ।
घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । घाइते बाघले अरूलाई आक्रमण गर्न सक्ने भएकाले लठुवा सामुदायिक वनमा मान्छेलाई जान रोक लगाइएको बताइएको

सम्बन्धित समाचार
ताजा अपडेट