Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया ४,का अध्यक्ष शाही र हिमालय युवा क्लबद्वरा मुडाबजार खेल मैदान सरसफाइ

  • कैलाली दर्पण
  • मङ्लबार, जेष्ठ १०, २०७९
बर्दगोरिया ४,का अध्यक्ष शाही र हिमालय युवा क्लबद्वरा मुडाबजार खेल मैदान सरसफाइ

निर्मला शाही बाैनिया/ कैलालीको बर्दगोरिया गाउँपालिकामा युवा क्लब द्वारा खेल मैदान सरसफाइ गरिएको छ।

मंगलबार आफ्नो गाउँ टोलाआफेै बनाउ भन्ने नाराको साथ बर्दगोरिया गाउँपलिका वडा नम्बर ४ स्थित मुडा बजार खेल मैदान वडा नम्बर ४का नवनिर्वाचित वडा अध्यक्ष जगत बहादुर शाही र हिमालय युवा क्लब द्वारा खेल मैदान सरसफाइ गरिएको हो।                                                                                       

अध्यक्ष शाहीले आफ्नो वडा स्वच्छ सुन्दर नमूना वडा बनाउन पहिलो कदम चालेको र
विभिन्न प्रतियोगीता आयोजना गर्ने ठाउ भए पनि धेरैको ध्यान पुग्न नसकेको कारण आफुहरुले सरसफाइ गरेको र अबदेखि  हप्ताको एक दिन चाहिँ हाम्रो यो टिमले सम्पूर्ण ४ नम्बर वडामा गएर यसरी नै सरसफाईकाे कामलाई निरन्तरता दिने  शाहिले बताएका हुन।

सरसफाइ  कार्यक्रममा हिमालय युवा क्लबका अध्यक्ष बिकास गौतम र क्लबका युवाहरू रहेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट