Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ ९, २०७९
लम्किचुहामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान

बाैनिया/ कैलालीको लम्किचुहा नगरपालिका का नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरिएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन बाट पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई प्रमाणपत्र प्रदान गरियको हो।

नगरपालिका नवनिर्वाचित प्रमुख शुशिला शाही उप प्रमुख ,जुना चौधरी लगायत १० वटै वडाअध्यक्षहरु तथा सदस्य लाई निर्वाचन अधिकृत हिरालाल चौधरीले अविर खादाले स्वागत गरेर प्रमाणपत्र प्रदान गर्दै मेयर र उपमेयर दुुबै महिला निर्वाचित भएको दुर्लभ संयोग लम्कीचुहा नगरपालिकामा भएकोले जनताको मतको सही मूूल्यांकन हुने विश्वास आफूले लिएको बताए । निर्वाचन सफल पार्नमा सहयोग गर्ने राजनीतिकदलका प्रतिनिधी र उम्मदेवार, सुरक्षाकर्मी, संचारकर्मी लगायत सबैलाई धन्यवाद् समेत चौधरीले व्यक्त गरेका थिए ।

निर्वाचित शाहिले जनप्रतिनिधीले सबैसँग मिलेर बिकास निर्माणकार्य गर्नुपर्ने र सबैसँग मिलेर काम गर्ने बताएकी हुन् ।नगरपालिका भित्र महेन्द्र राजमार्ग सडकलाई ४ लेन मा बिस्तार गर्ने नव निर्वाचित नगर प्रमुख सुशीला शाहीले बताएकि छ्न।

शाही कैलाली जिल्लाको पहिलो निर्वाचित महिला नगर प्रमुख हुन् । नेकपा एमालेका महादेव बजगाई लाई पराजित गर्दै १२ हजार ७ सय १३ मत पाएर शाही विजय भएकी हुन् । शाही लम्की लेडी जेसीजको सस्थापक अध्यक्ष ,नेपाल जेसीजको रास्टिय उपाध्यक्ष ,लम्की उधोग बाणिज्य संघको अध्यक्ष लगायत सामाजिक क्षेत्र बाट समाज परिवर्तन का निम्ति निरन्तर लाग्दै आउनु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट