बाैनिया कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष गणेश राज गिरीले पद वहाल भएका छन ।
गिरीले शुक्रबार (आज) बिहान गाउँपालिका अध्यक्ष कर्ण कुँवर बाट पद तथा गोपनियताको सपथ लिए सङ्गै पद वहाल भएका छन ।
उनलाई आज नै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्कीले पद वाहल गरेका हुन ।
उपाध्यक्ष गिरीलाई प्रशासकीय अधिकृतले पद वाहल गराउदै यश पालिकाले उपाध्यक्ष सङ्ग पनि निस्वार्थ पुर्ण बिकास को आशा लिएको बताए ।
पालिका उपाध्यक्ष गिरीले आफुले आफ्नो क्षेत्रबाट हुने जनमुखी कार्यका लागि कुनै कन्जुस्याइँ नहुने बताए । यहाँका जनताले आफुबाट गरेको आशालाई निराशा तर्फ जान नदिने बताउदै उपाध्यक्ष गिरीले आफ्नो पहिलो पहल कृषि क्षेत्रमा रहने बताए यस्तै अन्य बिकास निर्माणका कार्यलाई समेत निरंतरता दिने बताउदै आफ्नो कार्यकालमा पालिका अध्यक्ष सङ्ग समन्वय गर्दै बिकास निर्माणका कार्यमा निरंतरता हुनेमा जनताहरु ढुक्क हुन अनुरोध गरे ।