निर्मलाशाही बौनिया/ कैलालीको मोहन्याल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ प्रमाणपत्र प्रदान गरिएको छ । बैशाख ३० गते सम्पन्न भयको स्थानिय तह सदस्य निर्वाचन बाट पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बिहीबार प्रमाणपत्र प्रदान गरियको हो।
गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष देवि दक्त उपाध्याय (हिम शिखर) ,उपाध्यक्ष कमल साउँद, वडाअध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत याम प्रशाद ढुंगाना द्वारा प्रमाणपत्र बितरन गरिएको छ।
गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका बाट पिरम बुढा ,वडा नम्बर २, माओवादी केन्द्र का जय प्रकाश मल्ल, वडा नम्बर ३ मा नेपाली काङ्ग्रेसका नन्दराम गिरी ,वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्र का बम बहादुर बुढा ,वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका प्रबिन घर्ती मगर , वडा नम्बर ६ को अध्यक्षमा नेकपाएमाले बाट कृष्ण बहादुर शाही र वडा नं ७ मा नेपाली काँग्रेसका नवराज कठायत बिजयी हुनुभयको छ।