निर्मला शाही बौनिया/ कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष पदमा गठबनधनका साझा उम्मेदवार माओवादी केन्द्रका देविदत्त उपाध्याय (हिम शिखर) र उपाध्यक्षमा गठबनधनकै नेपाली काङग्रेसबाट कमल बहादुर साउँद विजयी भएका छन्।
बुधबार सम्पन्न मतगणनामा उपाध्यायले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धरम थापालाई ४१९ फराकिलो मतको अन्तरले पराजित गर्दै अध्यक्षको गरिमामय पदमा निर्वाचित बने ।
विजयी बनेका उपाध्याय ले ३१३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी नेकपा एमालेका थापाले २७१५ मय ल्याए । थापा यसअघि स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पदबाट पराजित व्यक्ति हुन ।
यसैगरी उपाध्यक्षमा नेपाली काङग्रेसका उम्मेदवार कमल बहादुर साउँद विजयी भएका छ्न ।
नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबिचको गठबन्धनबाट उपाध्यक्ष पदको लागि उम्मेदवार बनेका साउँदले आफ्नो निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार सरस्वती बिष्ट रावललाइ १०३६ मलले पछि पार्दै विजयी बने ।
साउँदले ३३३९ मत प्राप्त गरे भने रावलले २३०३ मत ल्याइन
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मोहन्याल गाउँपालिकामा ७ हजार २ सय ६३ मत खसेको थियो ।
विजयी वडाहरु
नम्बर १ मा पिरम बुढा ( नेपाली काङ्ग्रेस )
वडा नम्बर २, मा जय प्र्काश मल्ल (माओबादी केन्द्र)
वडा नम्बर ३, मा नन्दराम गिरी (काङग्रेस)
वडा नम्बर ४, बम बहादुर बुढामगर (माओबादी केन्द्र)
वडा नम्बर ५ ,प्रबिन घर्तिमगर (काङग्रेस)
वडा नम्बर ६, कृष्ण बहादुर शाही (एमाले)
वडा नम्बर ७, मा नवराज कठायत (काङग्रेस)