बौनिया/ स्थानिय तहको निर्वाचनमा कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष पदकामा नेपाली काङ्ग्रेसका उम्मेदवार नन्दराम गिरी (नबिन) विजयी भएका छन् ।
गिरीले आफ्ना निकटम प्रतिद्धन्दीलाइ ८९ मतले पछि पार्दै विजयी भएका हुन । विजयी गिरीले ५१४ मत ल्याएका छन् । र उनका प्रतिद्धन्दी नेकपा एमालेका अमर टमट्टा र माओबादीका जंग बहादुर बङगाले मगरले ४२५ बराबर मत प्राप्त गरेका छ्न।
यसैगरी वडा सदस्यमा समेत काङ्ग्रेसकै बर्चस्व देखिएको छ । सदस्यतर्फ नेपाली काङ्ग्रेस बाट दलित महिला सदस्य नानी दमाई (४७२)महिला सदस्य कोकिला देवि भण्डारी (४४९) ,खुल्ला सदस्य मान बहादुर बिस्ट (४२५)मत ल्यायर विजयी बनेका छ्न।भने एमालेका रतग भाटले ४५१ मत प्राप्त गरेर मात्र बिजयी भए।