Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाको अध्यक्षमा कुवँर ,उपाध्यक्षमा गिरी विजयी

  • कैलाली दर्पण
  • मङ्लबार, जेष्ठ ३, २०७९
बर्दगोरियाको अध्यक्षमा  कुवँर ,उपाध्यक्षमा गिरी विजयी

बाैनिया/कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कर्ण कुवर विजयी भएका छ्न ।मंगलबार सम्पन्न मतगणनामा कुवरले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका शेर बहादुर कठरियालाई १६५६ फराकिलो मतको अन्तरले पराजित गर्दै अध्यक्षको गरिमामय पदमा निर्वाचित बने । कठरिया काङ्ग्रेस र माओवादी केन्द्रबिच भएको गठबन्धनका साझा उम्मेदवार हुन ।

विजयी बनेका कुवरले ५८४२ मत प्राप्त गरे भने कठरियाले ४१८६ मय ल्याए । यसअघि स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पदबाट पराजित व्यक्ति हुन । बर्दगोरियामा अभिभाकिय जिम्मेवारी सम्हाल्दै कुवर सामाजिक तथा व्यवसायिक रूपमा अब्बल व्यक्ति हुन ।

उनले आफू निर्वाचित बनेका खण्डमा आफुले पाउने सवै सेवा सुबिधा गरिब, असाहय, तथा पिछडिएका व्यक्तिको हितका सेवामा खर्चिने प्रतिबद्धता गरिसकेका छ्न ।

यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्रका) उम्मेदवार गणेश राज गिरि(लालदिप) विजयी भएका छ्न ।

नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबिचको गठबन्धनबाट उपाध्यक्ष पदको लागि उम्मेदवार बनेका गिरिले आफ्नो निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार इन्दु चौधरी (कठरिया)लाई पराजित गर्दै विजयी बने ।

गिरिले ४५६९ मत प्राप्त गरे भने कठरियाले ४२५५ मत ल्याइन । विजयी बनेका गिरि यसअघि स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पदबाट पराजित व्यक्ति हुन । बर्दगोरियामा अभिभाकिय जिम्मेवारी सम्हाल्दै आएका गिरि युवा पिढीका ढुकढुकी समेत मानिन्छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा १४ हजार ९ सय ४३ मत खसेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट