कैलाली । शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार अग्रता बनाएका छन् ।
उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ७७ मत प्राप्त गर्दै आफ्नोृ अग्रता बनाएका हुन । १५३ मत गन्दा गठबन्धनबाट काँग्रेस उम्मेदवार नृपबहादुर वडले ३५ मत पाएका छन् भने एमाले उम्मेदवार रणबहादुर चन्दले ५ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले ४८ तथा स्वतन्त्र उम्मेदवारले ३१ मत प्राप्त गरेका छन् । एमालेकी कन्दकला राईले भने १७ मत प्राप्त गरेकी छन् ।