Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दैलेख चामुण्डाबिन्द्रासैनी १,को अध्यक्षमा नेपाल मजदुर किसान पार्टी बिजय

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
दैलेख चामुण्डाबिन्द्रासैनी १,को अध्यक्षमा नेपाल मजदुर किसान पार्टी बिजय

बाैनिया/ स्थानीय निर्वाचनमा दैलेखमा नेपाल मजदुर किसान पार्टीले  पहिलो चोटि खाता खोलेको छ । उक्त पार्टीले चामुण्डाविन्द्रासैनी नगरपालिका–१ मा जीत हात पारेको हो । उक्त वडामा नेमकिपाबाट वडाध्यक्षका उम्मेदवार बनेका उदे कामी विजय भएका हुन् । उनि ३१७ मतले विजयी भएका हुन । वडाध्यक्ष कामी सहित उनको प्यानलले नै जीत हात पारेको हो ।

वडाध्यक्षमा विजयी भएका कामीले नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार तपेन्द्र बहादुर शाहीलाई ४ मतले पराजित गरेका हुन् । वडाध्यक्ष पदमा नेपाल मजजुर किसान पार्टीको ३१७ नेपाली काग्रेस ३१३ र नेकपा एमाले २६२ मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट