बौनियाँ/ कैलालीको लम्किमा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले चुनावी जनसभा सम्पन्न गरेको छ।
मंगलबार लम्किचुहा नगरपालिका निर्वाचन मुल परिचालन कमिटीको आयोजनामा भएकोको कार्यक्रमको प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भट्टले श्रमजीवी ,सर्वहारा बर्गको एजेन्डा लाई प्रचण्डले छाडेर परिवार वाद ,नातामा मात्र लागेकोले आफुले माओवादी केन्द्र र प्रचण्डको साथ छोडेको बताउनुभयो । श्रमजीवी ,सर्वहारा बर्ग र रास्ट्रको हितमा केपिको एजेन्डा सहि भएकोले अहिले जनताको साथ एमाले लाई भएको प्रमुख अतिथी भट्टले बताउनुभयो ।सुखी नेपाली र समृद्धि नेपालको लागि सबै तहमा एमालेको सरकार आबश्यक रहेको छ।सुदूरपश्चिम औगोधिक क्षेत्र संचालन गरे आर्थिक समृद्धि हुने भएको तत्काल निर्माणकार्य सुचारु गर्न भट्टले जोड दिनु भएको छ।
कार्यक्रममा बिशिस्ट अतिथी एमालेका केन्द्रीय सदस्य झपट रावल ,केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष केवालाल चौधरी प्रदेश कमिटी सदस्य सुर्य बहादुर थापा ,जिल्ला कमिटी सचिवालय सदस्य दल बहादुर बिस्ट ,मेयर पदका उम्मेदवार महादेव बजगाइ ,उप मेयरका उम्मेदवार जुना चौधरीले मनतब्य राख्नु भएको थियो।

उक्त कार्यक्रम केन्द्रिय सदस्य तथा कैलाली सह इन्चार्ज कमला ओलिको सभापतित्वमा भएको कार्यक्रममा अतिथी हरुलाइ स्वागत मनतब्य नगर इन्चार्ज दुजराम चौधरीले गर्नु भएको कार्यक्रमको संचालन जिल्ला कमिटी सचिव डेजी पान्डेले गरेका थिए ।
सोही कार्यक्रममा हास्य कलाकार अछामी बड्डो (लालबहादुर धामी ) ,डेउडा गायक राजाराम भाट ,लोक दोहोरी गायक दिनेश बजगाइ ,लक्ष्मी आचार्यले प्रस्तुति देखाएका थिए ।
नगरपालिका का १० वटै वडामा एमालेले मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्सन पनि गरेको छ।साथै कार्यक्रममा मेयर पदका स्वतन्त्र उम्मेदवार दिपक रावलले एमाले बाट मेयर पदका उम्मेदवार महादेव बजगाइ लाई समर्थन गरेको घोषणा गर्नु भएको छ । विभिन्न पार्टी परित्याग गरि दर्जनौं ब्यक्ती एमालेमा प्रवेश गरेका छन् ।