बौनिया / कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दगोरिया गाउपालिका वडा नम्बर १ निवासी २८ बर्षका प्रकाश साउदको मृत्यु भएको हो ।
शनिबार गए राती ७. बजे ४५ मिनेटमा महेन्द्र राजमार्गको गोदावरी नगरपालिका ७ जमुनाझाडी पश्चिमबाट पुर्वतर्फ आउदै गरेको से ६ प १८७३ नम्बर मोटरसाइकल र बिपरित दिशा बाट आएको सु प 0१ 00९ प ९५४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन ।
ठक्करबाट गम्भिर घाइते भएका साउद्को उपचारको क्रममा प्रादेशिक सेती अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय अत्तरियाले जानकारी दिएको छ।
अर्का मोटरसाइकल चालक गौरीगङ्गा नगरपालिका ३ कुचैनी निवासी १८ बर्षका हिमाल चौधरी हुन र उनको प्रादेशिक सेती अस्पतालमा उपचार भइरहेको छ।उनी खतरा मुक्त भएको छन ।
मृतक साउद नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) युवा संघका जिल्ला कमिटी सदस्य पनि हुन र उनि बौनिया बजारमा बिजुलि पसल राखेर व्यावसायिक गर्दै आएका थिए ।