बौनिया/ स्थानिय तहको निर्वाचन नजिकै आउदा कैलालीको मोहन्याल गाउपालिकामा नेकपा एकीकृत समाजबादीका गाउकमिटी उपाध्यक्ष सुरेश न्यौपाने र गाउकमिटी सचिव केशव बजगाइ पुनः एमाले मै फर्केका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति मार्फत पुनः एमाले मै फर्किनु भएको उहाँ सङ्ग साविक सुगरखाल गाबिसका पुर्व उपाध्यक्ष भिम बहादुर शाही ,गगन बहादुर शाही ,र बालाराम थ्यायत पनि एमालेमै फर्किनु भएको हो। उहाँ हरुलाइ नेकपा एमाले स्वागत ,सम्मान गरिएको छ।

यस्तै समाजवादीका गाउँ कमिटी अध्यक्ष नन्द बहादुर बस्नेत राप्रपा प्रवेश गरि राप्रपा बाट गाउपालिकाको अध्यक्ष पदको उम्मेदवार बन्नु भएको छ।
जिल्ला कमिटी सदस्य ,तथा सह इन्चार्ज पुजा बुढा मगर नेकपा माओवादी केन्द्रमा प्रवेश गरि सक्नु भएको छ।स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ र ६ गठबन्दन समाजबादीले दावी गरेको थियो । समाज बादीको संगठन निकै कमजोर भएको ३ र ६ मा वडा सदस्य बाहेक मोहन्यालमा समाजबादी अरु कुनै पदमा उम्मेदवार नै छैनन् ।