बौनिया/ कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका लोकेन्द्र् बहादुर बडुवालले चुनाव चिह्न मुढा पाएका छन्।
शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय मोहन्यालले उनलाई चुनाव चिह्न मुढा प्रदान गरेको हो।
स्वतन्त्र उम्मेदवारी दिएका लोकेन्द्र् बहादुर बडुवालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए।
” शिक्षा,स्वास्थ्य,सुशासन र बिकास ! कृषि सडक, विजुली र खानेपानिको निकास” भन्ने अभियान सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले गाउँवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए।
उनले चुनाब चिन्न पाएपछि बासी लाई एक पटक मत र मन परिवर्तन गर्न आग्रह गरेका छ्न ।