Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्थानीय तहको निर्वाचन; लम्किचुहामा गठबन्धनबाटै बढी उम्मेदवार

  • कैलाली दर्पण
  • मङ्लबार, बैशाख १३, २०७९
स्थानीय तहको निर्वाचन; लम्किचुहामा गठबन्धनबाटै बढी उम्मेदवार

बौनिया लिलाजङ्ग शाही / यहि वैशाख ३० गते हुन गाइरको स्थानीय तहको निर्वाचनका लागि कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा गठबन्धनकै पाँच जनाको उम्मेदवारी दर्ता भएको छ। मेयर १ पदका लागि ५ दलिय गठबन्धन ५ सहित १७ जना मेयर र १ उपमेयर का लागि ११ जना उप मेयरका उम्मेदवार छन ।

नेपाली काङ्ग्रेस बाट भक्त बहादुर थापा र सुशीला शाही माओवादी केन्द्र बाट धिरेन्द्र रावल र लोक राज ढकाल नेकपा एकीकृत समाजबादी बाट बखत बिष्ट रहेका छन ।

यस्तै उपमेयर मा माओवादी केन्द्र बाट जानकी सिह स्वतन्त्रमा माओवादीकेन्द्र बाट गिता गडतौला र नेपाली काङ्ग्रेसका नेत्र मगर र नेपाली काङ्ग्रेस कै स्वतन्त्र उम्मेदवार रङ्गा भट्टराई छन् ।

दलिय गठबन्धनमा सहमति नबनेको अबस्थामा नेकपा एमाले बाट मेयर पदमा दोहोरियका उम्मेदवारी महादेव बजगाइ र उप मेयर जुना चौधरीको बिजयी हुने आधार बलियो बन्न सम्भावना रहेको छ।

१० वडा पदका लागि विभिन्न पार्टी र स्वतन्त्र गरि ८९ जनाले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी  वडा नम्बर १ बाट ८ जना राजनीति दल र ४ स्वतन्त्र गरि १२ जना ,२ वडा नम्बरमा ६ जना राजनीति दल १ स्वतन्त्र गरि ७ जना ३ वडा नम्बरमा ७ जनामा २ स्वतन्त्र छन् ।

४ वडा नम्बर मा ९ राजनीति दल र २ स्वतन्त्र गरि ११ जना ,५ वडा नम्बरमा ८ जना राजनीति दल र १ जना स्वतन्त्र गरि ९ जना रहेका छन्।

यसै वडा नम्बर ६ मा ८ राजनीति दल बाट ३ स्वतन्त्र सहित ११ जना ,७ वडा नम्बर मा ७ जना राजनीति दल र १ स्वतन्त्र सहित ८ जना छन्।

वडा नम्बर ८ मा ९ जना राजनीति दल र २ स्वतन्त्र सहित ११ जना छन् । वडा नम्बर ९ मा ६ जना र वडा नम्बर  १० मा स्वतन्त्र सहित ८ जना वडा अध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

पुरुष खुल्ला २0 सदस्यमा राजनीति दलका सहित १ सय ३६ जना महिला सदस्य तर्फ १० पदका लागि ६२ जना र १० दलित महिला सदस्यका लागि ५८ जनाको उम्मेदवारी सहित लम्किचुहा नगरपालिकामा ३ सय ७३ जना उम्मेदवार रहेका निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिनु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट