Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नमुना वडा बनाउन उम्मेदवारी – खनाल

  • कैलाली दर्पण
  • शनिबार, बैशाख १०, २०७९
नमुना वडा बनाउन उम्मेदवारी – खनाल

बौनिया / नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष पदका आकांक्षी उम्मेदवार पत्रकार चन्द्र प्रसाद खनालले पार्टीले विस्वास गरेर टिकट दिएआफुले जितेर देखाउने बताएका छन्।

कैलाली दर्पण संग कुरा गर्दै खनालले भने लम्कीचुहा १ लाई आफुले नमुना वडा बनाउने योजना र भिजन म संग छ । यस क्षेत्रका समस्या संग म एकदमै नजिक छु विसेस गरी यस क्षेत्रमा लागु औषध का घटना र अपराधीक घटना बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्ने आफ्नो प्रमुख एजन्डा रहेको बताए यस्तै खनालले भने आफुले विगत लामो समयदेखि पत्रकारिताको क्षेत्र बाट समाज परिवर्तन का लागि सेवामा निरन्तर लागि रहेकोले आफ्नो जित्ने आधार प्रसस्त रहेको दाबी समेत गरे।

 

तपाईको जित्ने आधार नै बलियो भए पार्टी को खोल किन ❓भन्ने हाम्रो प्रश्न मा खनालले भने अहिलेको समयमा कोही पनि स्वतन्त्र छैनन्। नेपालको कानुनी निकाय समेत स्वतन्त्र छैनन तसर्थ स्वतन्त्र को नाममा बेथिति फैलिएको छ। यध्यपी म त्यस तर्फ पनि सोच्न सक्ने आधार भने छ ।

खनालले भने पार्टीले सही निर्णय गर्ने छ । यहाँका जनताको माग के छ त्यस तर्फ पाटिको ध्यानाकर्षण वडा नम्बर १ का युवा पुस्ताले गराएको छन।

सम्बन्धित समाचार
ताजा अपडेट