Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख ८, २०७९
मोहन्याल गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बौनिया/ स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लाको दुर्गम मोहन्याल गाउपालिका को कार्यलय खिमडीमा निर्वाचन अधिकृतको  कार्लयय स्थापना भएको छ ।    यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कार्लयय स्थापना गरिएको छ।

आज बिहीबार निर्वाचन मोहन्याल गाउपालिका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्किले ब्यानर वाचन गरेर उदघाटन गरेका हुन् ।

आसन्न २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मोहन्यालका लागि मतदान केन्द्रको निर्वाचन अधिकृतमा उर्जा जल श्रोत तथा सिचाइ मन्त्रालय सिह दरबार काठमाडौ बाट उप सचिब यामराज ढुंगानालाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेर पठाएको छ।

 

५ हजार ७ सय ३५ महिला र ६ हजार २ सय ४९ पुरुष सहित ११ हजार ९ सय ८४ मतदाता रहेका छन । ७ वटा वडा रहेको मोहन्याल गाउपालिकामा १५ मतदान स्थल र १८ मतदान केन्द्र रहेका छन् ।भौगोलिक बनावटले मोहन्याल गाउपालिका बिकट भएको निर्वाचन सम्पन्न भएको लगतै मतपेटिका हेलिकप्टर मार्फत खिमडी सम्म ढुवानी गर्ने जिल्ला प्रशासन कार्यलयले निर्णय गरेको निर्वाचन अधिकृत याम राज ढुंगानाले कैलाली दर्पण लाई जानकारी दिनु भएको छ ।

यस्तै  कैलालीका १३ वटै स्थानीय तहमा आजै निर्वाचन कार्यलय स्थापना भएका छन्

सम्बन्धित समाचार
ताजा अपडेट