लिलाजङ्ग शाही /कर्णाली प्रदेशको दैलेख जिल्लाको आठबिस नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेका तर्फबाट प्रभावसाली युवा नेता कर्णाली प्रदेश कमिटी सदस्य तर्क बहादुर बडुवाल र बर्तमान मेयर खडक राज उपाध्याय लाई नेकपा एमाले आठबीस नगर कमिटीले नगर प्रमुख पदका लागि सिफारिस गरेको छ।
नगर प्रमुख पदका लागि सहमति नजुटे पछि नगर कमिटीमा मतदान प्रक्रिया बाट उम्मेदवार टुङ्गो लगाउने विधि अपनाइएको थियो। मतदानमा तर्क बहादुर बडुवालले सबैभन्दा बढी ४७ मत मेयर खडक राज उपाध्यायले २९ प्राप्त गर्नु भएको छ।७३ मतमा ६९ मत खसेको थियो । बर्तमान मेयर खडक राज उपाध्यायको राजनीति पृष्ठभुमि २०२९ साल हाल आठबिस नगरपालिका ७ बेरुपाटामा जन्मिनु भएका मेयर उपाध्यायले कालिका माध्यमिक बिधालय तिलेपाटा बाट २०४५ सालमा हाइ स्कुल माबी एस एल सी उतिर्ण गर्नु भएको हो ।
२०४५ सालमा नेपाल मजदुर किसान पार्टीमा आबद्ध भइ २०४९ सालमा साविक तिलेपाटा गाउँ कमिटीको अध्यक्षको जिम्मेवारीमा रहि पार्टी को संघसंगठन बिस्तार गर्नु भएको थियो ।२०५२ हाल एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष बिनोद कुमार शाह संगै एमालेमा प्रवेश गर्नु भएको थियो ।ई
लाका कमिटी सचिव निर्वाचन क्षेत्र नम्बर २ को ,क्षेत्रीय कमिटी अध्यक्ष जिल्ला कमिटी सदस्य र हाल प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहि संगठन बिस्तार गर्दै आउनु भएको छ। २०७४को स्थानीयतहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयर निर्वाचित भइ पार्टीको घोषणा पत्र अनुसार बिकास निर्माणकार्य गरेको दावी गर्नु भएको छ।
सबै वडा हरुमा सडक बिस्तार गरि यातायातको पहुँच बिधालयमा पक्की भवन निर्माण खानेपानी ,सिचाइ ,बिधुत लाइन बिस्तार गरेको बताउनु हुन्छ ।राकम कर्णालीमा आँखा अस्पताल र १ सय शैयाको ट्रमा सेन्टर निर्माणकार्यको प्रक्रिया रहेको स्मार्ट सिटि र १६ करोडको लागतमा नगरपालिका प्रशासकिय भवन निर्माणको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उम्मेदवार छनौट दोस्रो भए पछि नगरपालिकाको मेयर पदका लागि आफू बलियो उम्मेदवार रहेको दावी गर्नु भएको छ। २०१८ साल हालको आठबिस ८ तिलेपाटामा जन्मिनु भएका प्रदेश कमिटी सदस्य तर्क बहादुर बडुवाल हाइ स्कुल अध्ययनको क्रममा त्रिभुवन नमुना माध्यमिक बिधालय दैलेखमा २०३४ सालमा माक्र्सवादी अध्ययन केन्द्र मा आबद्ध हुनु भएको हो।
२०३६ सालमा एस एल सी उतिर्ण गरि आइकम सम्म अध्ययन गर्नु भएको छ।२०४० सालमा नेपाल मजदुर किसान पार्टीको जिल्ला कमिटी सदस्य र २०५२ साल तत्काल जिल्ला कमिटी अध्यक्ष बिनोद कुमार शाह १४ जना जिल्ला कमिटीमा १२ जना सहित एमालेमा प्रवेश गरेपछि रिक्त भएको अध्यक्ष पदको जिम्मेवारी बडुवाललाइ दिइएको थियो। उहाँले नेमकिपा दैलेख को १२ बर्ष सम्म अध्यक्षको जिम्मेवारीमा पार्टीको संगठन निर्माण गर्नु भएको थियो ।०६५ देखि० ७० सम्म केन्द्रीय सदस्यको जिम्मेवारी रहनु भएको थियो ।
कालिका माध्यमिक बिद्यालय तिलेपाटा ,जयदेव माध्यमिक बिधालय जम्फुकाधमा गरि ६ बर्ष सम्म अध्यापन समेत गराउनु भएको थियो ।केही बर्ष नेपाल रेडक्रस सोसाइटी बिकास परियोजना दैलेखको कर्मचारी भएर काम गरेको अनुभव पनि बडुवाल सङ्ग छ।वडुवाल ०६४ सालमा नेपाल मजदुर किसान पार्टी बाट दैलेख क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यको प्रत्येक्ष उम्मेदवार र ०७० सालको दोस्रो संविधान सभाको निर्वाचन मा समानुपातिक उम्मेदवार र २०७४को स्थानीय तहको निर्वाचनमा आठबिस नगरपालिकाको मेयर पदको उम्मेदवार हुनु हुन्थ्यो ।
मेयर पदमा पराजित भए पछि नेता बडुवाल नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।र २०७४को संघ र प्रदेशको निर्वाचनमा नेकपा एमाले बाट कर्णाली प्रदेशको समानुपातिक उम्मेदवार हुनु हुनु हुन्थ्यो । समानुपातिकको सुचि नपरे नेता बडुवाल आठबिस नगरपालिका नगर प्रमुख पदमा १ नम्बर सिफारिस हुनु भएको छ।
यस्तै उप प्रमुख पनि सहमति नगर कमिटीमा निर्वाचन भएको थियो ।उप मेयर मा कल्पना थापा ५२ मत ,नामसरा कार्की ३८ र जौधरा खनाल आचार्यले ३३ मत प्राप्त गर्नु भएकोले ३ नै जनाको नाम सिफारिस गरिएको छ।वडा अध्यक्षमा वडा नम्बर ४ बाट टेकबहादुर माझी र वडा नम्बर ५ बाट कर्णे बहादुर लामिछाने लाई सर्वसहमत वडा कमिटी बाट सिफारिस गरिएको छ।