बौेनिया / कैलालीको पहलमानपुरमा बैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघ शाखा कैलालीको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ।
भेलाले गोबिन्द बहादुर रावलको अध्यक्षतामा ९ सदस्यीय कैलाली जिल्ला शाखा सर्वसहमत गठन गरेको छ। जस्को उपाध्यक्षमा जनकराज गिरी,खडक बहादुर बुढा महासचिव यज्ञराज बास्तोला सचिव बन्दना चौधरी ,कोषयक्ष लिलादेवी खत्री,सदस्य हरु धर्म सिह चौधरी ,राजु बिक,बिपत्ति देवि चौधरी र दिलिप सिह कार्की रहनु भएको छ।
कार्यक्रम बैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघ शाखा सुदूरपश्चिम प्रदेश अध्यक्ष पुश्कल बमको अध्यक्ष्यता भएको कार्यक्रममा डिभिजन वन कार्यलय पहलमानपुरका वन अधिकृत गोकुल रिजाल रहनु भएको थियो।
उक्त कार्यक्रममा ८१ बैज्ञानिक वनको सहभागीता रहेको थियो।