लिलाजङ्ग शाही / कैलालीको लम्किचुहा नगरपालिका ४ चौरीपुर स्थित जनता माध्यमिक बिद्यालयको ४२ औं बार्शिक उत्सव कार्यक्रम शनिबार सम्पन्र भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै सुदूरपश्चिम सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा प्राबिधिक धार तर्फको प्राबिधिक विश्व बिद्यालय स्थापना गर्न आबध्यक रहेको बताउनु भएको छ। अहिलेको युग सुहाउँदो र ग्रामीण क्षेत्रमा प्राबिधिकको आबश्यकता रहेकोले शिक्षा नीति अनुसार ग्रामीण क्षेत्रमा प्राबिधिक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताउनु भएको छ।
शिक्षा आर्जन गरेर समाज परिवर्तन गर्न सबैले लाग्नु पर्नेमा समेत जोड दिनु भएको छ।सडक निर्माणलाई प्रदेश सरकले पहिलो प्राथमिकता दिएको बताउनु भएको छ। कार्यक्रममा बिशिस्ट अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी कैलालीका अध्यक्ष रतन थापाले आफू निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा चौतर्फी बिकास निर्माणकार्य सडक ,शिक्षा ,स्वास्थ ,कृषि ,सिचाइ ,खानेपानी र पर्यटनको बिकासका निम्ति लागिरहेको बताउनु भएको छ।

बिशिस्ट अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्द बहादुर साउदले आफ्नो निर्वाचन क्षेत्रमा सडक खानेपानी ,तटबन्धन ,शिक्षा स्वास्थ क्षेत्रको बिकासलाई प्राथमिकता दिएको बताउनु भएको छ।बिधालय ब्यबस्थापन समितीका अध्यक्ष बिष्णु प्रशाद उपाध्यायको सभापतित्व भएको कार्यक्रममा नगर उप प्रमुख टीका थापा , पुर्व प्राधानाध्यापक गोबिन्द थापा नेकपा एमाले रामेस्वर चौधरी ,नेपाली काङ्ग्रेस का टन्क अधिकारी पुर्व शिक्षक प्रताप सिह थापा ,पुर्व विद्यार्थी राम बहादुर बोगटीले लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम प्राधानाध्यापक दिपक प्रशाद भन्डारीले आर्थिक बर्ष ०७७/०७८ को आय ब्यय र बिधालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको हो । सोहि कार्यक्रममा हास्य कलाकार मनिष खडका र डेउडा कलाकार राजाराम भाट्ले प्रस्तुति देखाउनु भएको थियो।
उक्त कार्यक्रमको संचालन शिक्षक जनक बटालाले गर्नु भएको थियो।