बौनिया/ स्थानीय तह निर्वाचनको मिति आयोगले आउँदो बैशाख ३० गतेलाई तोकिसकेको छ । जस अनुरुप देशमा रहेका राजनीतिकदल यति खेर निकै दौड धुपमा रहेका छन् । नेता कार्यक्रता विच भेटघाट बाक्लिएको छ ।
यस्तै कैलालीको दुर्गम पहाडी मोहन्याल गाउपालिकाको अध्यक्ष पदका नेपाली काङ्ग्रेस बाट ३ जनाले अध्यक्ष पदमा उम्मेदवार आकान्क्षी देखीएका छन् ।
आकांक्षी हरुमा पुर्व जिल्ला बिकास समिती का सदस्य तथा २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवार लोकेन्द्रबहादुर बडुवाल ,नेपाली काङ्ग्रेस ,मोहन्यालका पार्टी सभापति कमल बहादुर साउद र त्रिवेणि माध्यमिक बिध्यालय मोहन्याल ७ बढीगाउका अवकाश प्राप्त प्राधानाध्यापक देविराम अधिकारी रहेका छन् ।
३ जना आकांक्षी हरु पार्टीले बिश्वास गरेर उम्मेदवार अध्यक्ष पदको टिकट दिए निर्वाचित हुन् का लागि बलियो उम्मेदवार रहेको दावी गरेका छन ।