बौनिया/ नेपाल कम्युनिष्ट पार्टि एमाले मोहन्याल गाउँ कमिटी वडा अध्यक्ष पदम ्बहादुर कुवरले अध्यक्ष पदबाट राजिनामासहित पार्टि परित्याग गरेको घोषणा गरेका छन् ।
स्थानिय तहको निर्वाचन नजिकै गर्दा कुवरले पार्टि परित्याग गरेका छन् । पछिल्लो समय पार्टि भित्र जातियता,भेगियता,नाताबाद ,कृपाबाद हावी हुदै गरेको तथा चाकरीप्रथाले बढि प्रशय पाएको भन्दै असन्तुष्ट व्यक्त गर्दै आफुले पार्टि आजकै दिन बाट परित्याग गरेको कुवरले बताएका छन् ।

२०६४ सालदेखि नेपाल कम्युनिष्ट पार्टि एमाले मा सर्किय हुदै ।मोहन्याल गाउँ कमिटि वडा नमबर ३ को अध्यक्ष समेत भएका कुवरले पार्टिले आफुले गरेका काम कारबाहि र गतिबिधिको कुनेै मुल्यांकन नभएको ,सकिर्य पार्टि सदस्य तथा कार्यकर्ताको मनोभावना बिपरित पार्टि हिडेको भनदै आफुले पार्टि परित्याग गर्नुपरेको अल्लेख गरेका छन् । पार्टि परित्याग गरेको घोषणा गरेको पत्रमा उनले लेखेका छन् ।
नेपाल कम्युनिष्ठ पार्टि एमाले सँगको राजनितिक यात्रा समाप्त भएको घोषणा गर्दछु । उनले अबको यात्रा के हुने भन्न्े खुलाएका छैनन् ।