बौनिया / कैलालीको बर्दगोरियाको एक पसलमा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित बौनिया बजारमा भक्त बहादुर बुढा क्षेत्रीले संचालन गर्दै आएको हेमन ट्रेडस एण्ड बर्दगोरिया सप्लायर्समा आगलागी भएको हो ।
आगलागी बाट करिव २०/२२ लाख को क्षति भएको अनुमान गरिएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख भिमदत्त जोशीले जानकारी दिए। प्रहरी प्रमुख जोशीका अनुसार क्षतिको वास्तविक विवरण आउन अझै बाकी रहेको आफ्नो टोली सोही स्थानमा रहेको बताए ।
आगलागी बुधबार राती भएको हो । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।