Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

चौकुने गाउँपालिकाको नव निर्मित प्रशासकिय भवन उदघाटन

  • कैलाली दर्पण
  • सोमवार, चैत्र २१, २०७८
चौकुने गाउँपालिकाको नव निर्मित प्रशासकिय भवन उदघाटन

बौनिया /कर्णाली प्रदेशको सुर्खेत जिल्ला चौकुने गाउपालिकाको नव निर्मित प्रशासकिय कार्यलयको उदघाटन भएको छ।

सोमबार बिधिवतरुपमा गाउपालिकाका अध्यक्ष धीर बहादुर शाहिले रिवन काटेर भवनको उदघाटन गर्नु भएको छ। नव निर्मित प्रशासकीय भवनको उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष धिर बहादुर शाही ०७४ को स्थानीय निर्वाचनमा आफू नेकपा एमालेको तर्फबाट उम्मेदवार भइ मतदाता सङ्ग गरेको चुनावी घोषणा पत्रमा गरेको प्रतिबद्धता अनुसार ९५ प्रतिशत बिकास निर्माणकार्य आफुले गरेको बताउनु भएको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा ढाइ तले ३२ कोठे सुबिधा सपन्न भवन निर्माणकार्यको जिम्मा अमर मजदुर निर्माण सेवा सुर्खेत सङ्ग सम्झौता भएको थियोे । २ बर्षमा निर्माणकार्य सक्ने गरि लिएको जिम्मा निर्माण कम्पनी ४ बर्षमा पूरा गरेको छ।

कार्यक्रममा नेकपा एमाले का हरि प्रशाद अधिकारी ,गोपाल बिसी,तुलसी कंडेल ,नेपाली काङ्ग्रेस का गजराज जोशी,मोहन थापा,नेकपा माओवादीकेन्द्र कमल बिसी,नेकपा एसमाजबादीका जगत बोहरा लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।

निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन सिह पान्डेको सभापतित्त्व भएकोमा कार्यक्रममा स्वागत मनतब्य वडा नम्बर ७ का वडा अध्यक्ष अमरबहादुर बुढाले गर्नु भएको हो । कार्यक्रमको संचालन पदम शर्माले गर्नु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट