बौनियाँ/ नेपाल रेड्क्रस सोसाइटी पण्डौन उपशाखाको छैठौं अधिवेशन समपन्न भएको छ।
शनिबार मोहन्याल ४ खिमडीमा , नेपाल रेडक्रस सोसाइटी पण्डौन उपशाखाको छैटौं अधिवेशन शाखा सभापति प्रेमबहादुर बुचामगरको सभापतित्वमा समपन्न भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गा.पा. कि कार्यवाहक अध्यक्ष पुजा देबि बुढा मगर रहनु भएको थियो ।
अधिवेशन बाट सभापतिमा कमल देवकोटा निर्विरोध निर्वाचित भएका छन् । उप सभापति सुमित्रा देवी बुचामगर, भक्त प्रसाद भण्डारी सचिव चक्र बहादुर रास्कोटी, कोषाध्यक्ष खिम राज गौतम, उपसचिव घनश्याम न्यूरे र उपकोषाध्यक्ष ईन्द्रा देवी बोहरा चयन गरेको छ ।

यस्तैगरी महिला सदस्य लसिराम बुढामगर सदस्य कमल प्रसाद शर्मा सदस्य खडक बहादुर रावल सदस्य फिम बहादुर सुवेदी कार्यसमिति सर्वसहमत निर्वाचित भएको छ।