Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अब को निर्वाचनमा सहि नेतृत्व छनौट गर्नुपर्ने – अध्यक्ष थापा

  • कैलाली दर्पण
  • शनिबार, चैत्र ५, २०७८
अब को निर्वाचनमा सहि नेतृत्व छनौट गर्नुपर्ने – अध्यक्ष थापा

बाैनिया/आउदो स्थानीय तहको निर्वाचनमा योग्य र सहि नेतृत्व निर्वाचित गर्नुपर्ने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सभा सदस्य माननीय रतन थापाले बताउनु भएको छ।

शनिबार लम्की स्थित लम्की ग्रामीण बिधुत सहकारी सस्थाको छैटौं चुनावी साधारण सभालाइ सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
जनताको भावना र कदर गरि जनताको आबस्यक्ता लाई सम्बोधन गरि निश्पक्ष बिकास गर्ने सहि नेतृत्व अहिले आबश्यक्ता रहेकोेले समाजको जिम्मेवारी बहन गर्न सक्ने ब्यक्तिले मात्र स्थानीय तहको नेतृत्व लिनुपर्ने समेत प्रमुख अतिथी थापाले बताउनु भएको छ।

सस्थाका अध्यक्ष दल बहादुर बिस्ट्को सभापतितब भएको कार्यक्रममा स्वागत मनतब्य उपाध्यक्ष लक्ष्मन बिक लगायत समाजसेवी दिल बहादुर साउद,रतन सुनार,शंकर बिस्ट शिक्ष्क राम प्रशाद तिमिल्सिना लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

साधारण सभाले पुनः दल बहादुर बिस्टको अध्यक्षता नंया कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ।जस्को उपाध्यक्ष लक्ष्मन बिक,सचीव दिपेन्द्र खत्री,कोषयक्ष मिना कुमार न्यौपाने ,सदस्यहरुमा कुश्माखर जैसी,जयराज भन्डारी,प्रकाश तिमिल्सिना ,राधिका उपाध्याय ,लक्ष्मी बिस्ट,दिपक रावल रहेका छन्

।लेखा समितिको संयोजक मान बहादुर बुढा ,सदस्य हरु गङ्गाराम देवकोटा ,गोकर्ण भन्डारी,धिरज सन्ज्याल,र लोक बहादुर बिस्ट रहेका छन् । आर्थिक बर्ष ०७७/०७८ को २८ लाख ४५ हजार ९ सय ५७ रुपैयाँ बराबरको आय ब्यय प्रस्तुति गरिएको थियोे ।कार्यक्रम उत्कृष्ट ३ जना शेयर सदस्य उपभोक्ता लाई सम्मान गरिएको थियोे ।

कार्यक्रम को संचालन दिपेन्द्र खत्रीले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट