Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

समृद्ध देश बनाउने एमालेको उदेश्य – अध्यक्ष थापा

  • कैलाली दर्पण
  • शनिबार, चैत्र ५, २०७८
समृद्ध देश बनाउने एमालेको उदेश्य  – अध्यक्ष थापा

लिला जङ्ग शाही बाैनिया/ सुखी नेपाली र समृद्ध देश बनाउने नेकपा एमालेको मुख्य उदेश्य रहेको नेकपा एमाले कैलाली जिल्ला कमिटी अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापाले बताउनु भएको हो।

शनिबार कैलालीको मोहन्याल ७ कुइने नेकपा एमाले वडा कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी आसन्न बाट बोल्दै उक्त कुरा बताउनु भएको हो।
आउदो स्थानीयतहको निर्वाचनमा जनताको हितमा जनमुखी कार्यक्रम ल्याउने र जनतालाइ सर्वोपरि ठान्ने पार्टी का योग्य बिकास प्रेमी उम्मेदवार लाई जनताले मतदान गरि छनौट गर्नुपर्ने बताउनु भएकोछ।

स्वच्छ छवि भएका जनताको भावना बुझेर ,चुनाव जित्ने बलियो आधार निर्माण गरेका सक्षम लाई पार्टीले निश्पक्ष रूपमा उम्मेदवार बनाउने थापाले बताउनु भएकोछ।

गठबन्दन सरकारले जनमुखी काम गर्न नसक्ने , बिकास बिरोधि पार्टी समेत भएको ठोकुवा गर्नु भएकोछ।चिसापानी ,सोल्टा सडक खण्डका ५ पुल मध्य ३ पुल निर्माणको बजेट भौतिक पुर्वाधार बिकास मन्त्री दिर्घ सोडारीले कटौती गरेको आरोप लगाउनु भएको छ।वडा कमिटी अध्यक्ष महेश बिस्टको सभापतितब भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य दल बहादुर रावल ,जिल्ला कमिटी सचिवालय सदस्य दल बहादुर बिस्ट ,जिल्ला कमिटी सदस्य बिरेन्द्र रावल ,खर प्रशाद अधिकारी,अरुण कुमार कुवर ,सुरेन्द्र शाही ,गाउँ कमिटी सदस्य सुनिता शाही ,शंकर बिस्टले शुभकामना मनतब्य राख्नु भएको थियोे ।     

।कार्यक्रममा मान बहादुर माझीको अध्यक्षतामा ५४ सदस्यीय कुइने टोल कमिटी गठन गरिएको छ।जस्को सचिव टेकबहादुर बिस्ट,उप सचिव सागर बिक र कोषयक्ष्मा चन्द्रा कामी रहेका छन ।

यस्तै कृष्णा साउद (माझी )को अध्यक्षतामा ५९ सदस्य अखिल नेपाल महिला संघको ७ नम्बर वडा कमिटी गठन गरिएको छ।

उपाध्यक्ष अम्बकला देवकोटा ,सचिव भुमिका बिक ,उपाध्यक्ष देउमा भुल,र कोषयक्ष्मा जानकी माझी रहेका छन ।

यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस बाट हर्कबहादुर दमाई ,मोति साउद,कर्ण भुल,मोति माझी खडक भुल र नेकपा माओवादीकेन्द्र बाट अज भुल,बिर्ख बिक,टेकबहादुर मिजारले पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको छ।

कार्यक्रमको संचालन वडा कमिटी सचिव मिनराज उपाध्यायले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट