Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया निजामती कर्मचारी संगठन द्वारा बुझाएयो ८ बुदें ज्ञापनपत्र

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन २५, २०७८
बर्दगोरिया निजामती कर्मचारी संगठन द्वारा बुझाएयो ८ बुदें ज्ञापनपत्र

बाैनिया/  कैलालीको बर्दगोरिया गाउँपालिकालाइ ज्ञापन पत्र बुझाएको छ।     न्युनतम तलब भत्ताको मागसहित  विभिन्न ८ बुदे मागहरुका लागि निजामती कर्मचारी संगठनले  बर्दगोरिया गाउँ पालिका अध्यक्ष बलिराम डगाैरालाई ज्ञापनपत्र बुझाए छ।
१) कर्मचारीहरुको कार्यसम्पादनको मुल्यांकन गरी दण्ड र पुरस्कारको व्यवस्था गरियोस।
२) बर्दगोरिया गाउँपालिका अन्तर्गत सेवा करारमा वडाकार्यालय, स्वास्थ्य, कृषी, पशु लगाएत गा.पा.मा कार्यरत सबै कर्मचारीहरुलाई न्यूनतम तलब भत्ता (पद/तह अनुसारको नेपाल सरकारले तोकेको तलब र महंगी भत्ता) कायम गरियोस। सेवा करारको सम्झौता वार्षिक रुपमा गरियोस।
३) सामाजिक सुरक्षा कोषमा आवद्ध हुन स्थानीय तहको तर्फबाट प्रतिबद्धता तथा जिम्मेवारी वहन गरियोस।
४) स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि (LISA), २०७७ ले समेत कर्मचारीहरुको दक्षता तथा क्षमता विकासमा लगानी/कार्यक्रम संचालन गर्नु पर्ने अन्यथा गाउँपालिका कार्यक्षमतामा समेत कमजोर हुने उल्लेख गरेको अवस्थामा दक्षता तथा क्षमता विकासका लागि कार्यक्रम तथा तालिम संचालन गरियोस।
५) ८औ गाउँसभाबाट सर्वसम्मत पारित सबै कानुन तत्काल कार्यान्वन गरियोस, विशेषत: स्थानीय सेवा व्यवस्थापन तथा प्रोत्साहन सुबिधाको व्यवस्था गर्न बनेको ऐन २०७८ कार्यान्वनमा ल्याई कर्मचारीको थप सेवा सुबिधा लागु गरियोस।
६) सेवा करारमा कार्यरत एम्बुलेन्स चालकको दुखः आपतको क्षणमा झन दुखाई हुने गरी हटाउने भन्ने जानकारी आएकोमा सो तत्काल बन्द गरी सेवा करार अवधि थप गरी राहत गरियोस।
७) सेवा गर्दा गर्दै कोभिड १९ कोरोनाका कारण दुखद निधन हुन पुगेका वडा न. ३ का सचिब रामभजन डगौरा थारुको परिवारलाई उचित राहत हुने गरी जागिर तथा प्रोत्साहनको व्यवस्था गरियोस।

८) चालु आ.व. २०७८/७९ को स्वीकृत बजेटमा दक्षता तथा क्षमता विकासमा भए बमोजिमका कार्यक्रम तत्काल कार्यान्वनमा ल्याउन आवश्यक सहयोग गरियोस।साथै कर्मचारीहरुको दक्षता तथा क्षमता विकासमा थप बजेट विनियोजन हुनुपर्ने मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ।                                                                                   उक्त ज्ञापनपत्र निजामती कर्मचारी संगठन बर्दगोरियाका अध्यक्ष भुमी राज शर्मा को नेतृत्वमा बुझाएको हो।

सम्बन्धित समाचार
ताजा अपडेट