Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कोइलि भुरुवा ग्रामीण विद्युतको १५ औं साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २१, २०७८
कोइलि भुरुवा ग्रामीण विद्युतको १५ औं साधारण सभा सम्पन्न

बौनिया  / कैलालीको बदगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइली भूरुवा ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको को १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारी संस्थाले शनिबार आर्थिक वर्ष २०७७/२०७८ वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष रामनारायण थारु को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बलिराम डगौरा रहेका थिए ।

यस्तै विशिष्ट अथितिमा सहकारी संस्थाका पुर्व अध्यक्ष रामचन्द्र कठरिया रहेका थिए ।

कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष डगौरा थारुले सहकारी अहिले सम्म यहाँका उपभोक्ता हरुको आवस्यकता अनुसार काम गर्दै आएको बताए । यस्तै आगामी दिनहरुमा पनि सहकारी संस्थाले यसरी नै ग्राहकहरुलाई सेवा सुविधा दिनेमा आफू विस्वथ रहेको बताए ।

कार्यक्रममा संस्थाका कार्यालय व्यवस्थापक रमेश कुमार कठरियाले आर्थिक वर्ष २०७७÷०७८ को करिब १५ लआख ९७ हजार १३० रुपैया ५५ पैसा बराबर को आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

शुभ प्रभात कृषि सहकारी संस्थाका बालचन्द्र कठरियाको स्वागत मन्तव्य सङ्गै शुरूवात भएको कार्यक्रमको संचालन सहकारी संस्थाका सचीव हरिराम डगौराले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट