Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्वघाटन 

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २१, २०७८
प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्वघाटन 

 

बौनिया/ प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको ऐतिहासिक प्रथम प्रदेश अधिवेशन उद्वघाटन भएको छ ।

प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा संचालन भएको कार्यक्रम प्रमुख अतिथि नेकापा एमाले केन्द्रीय सचिव तथा नेकपा एमाले सुदुरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट विशिष्ट अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा ,केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना ,प्रदेश कमिटी सचिव धर्मराज पाठक उक्त कार्यक्रममा ,प्रेस चौतारी नेपालमा आवद्ध सुदूरपश्चिम का ९ वटै जिल्लाका पत्रकार हरुको सहभागीता रहेको छ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले नेताहरुलाई गुटको राजनीति नगर्न निर्देशन दिएका छन्। शनिबार प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै भट्टले यस्तो निर्देशन दिएका हुन्।

यस्तै उनले नेताहरुलाई गुट छोडेर कम्युनिष्ट पार्टीको मुलधारमा समाहित हुन आह्वान गरेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट