Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

रुख बाट खसेर लम्किचुहामा एक जनाको मृत्यु

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन २०, २०७८
रुख बाट खसेर लम्किचुहामा एक जनाको मृत्यु

बौनिया/ कैलालीको लम्किचुहामा रुख बाट खसेर  मृत्यु एक जनाको मृत्यु भएको छ। लम्किचुहा नगरपालिका वडा नम्बर ६ बामनपुर निवासी ६८ बर्षका काशीराम चलाउनेको मृत्यु भएको छ।

घर नजीकै बिहान १० बजे आफ्नै खेतवारीको छेउमा डाले घास काटने क्रममा रुख बाट लडेर मृत्यु भएको हो। उहाँ २०४८ सालदेखि नेपाली काङ्ग्रेसका साधारण सदस्यता लिइ आवद्ध हुनु भएको थियो। २०६५ साल अथवा १२ औं अधिवेशनबाट नेपाली काङ्ग्रेसको क्रियासिल सदस्यता प्राप्त गर्नु भएको थियोे ।उहाँको ४ वटै छोरा देश बाहिर रहेकोले फाल्गुन २१ गते कर्णाली चिसापानीमा दाहसंस्कार गरिने भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट